• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल मासिक राशिफल

मासिक राशिफल

मासिक राशिफल

April 11, 2021 / 1685 / 0

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यो महिनामा नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। केही विवादास्पद काममा अलमलिनुपरे पनि तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। विदेश ताक्नेहरूलाई यात्रा तथा उत्तम रोजगारीको अवसर जुट्नेछ। आत्मविश्वास र दृढसंकल्पले कर्मसिद्धि हुनेछ। भाग्यले नयाँ नोकरी जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा भने केही असमझदारी बढ्न सक्छ। लामो समयदेखि गरिएको कर्मसाधनाले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कीर्तिमानी काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। पूर्वार्धमा खर्च तथा लगानी गर्नुपरे पनि उत्तरार्धमा कर्मसिद्धि हुनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी काम बन्नेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट राम्रै लाभ मिल्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। भोगविलासतर्फ ध्यान केन्द्रित हुनेछ। प्रेम र मित्रताको बन्धन भने केही कमजोर हुने समय छ। घर–परिवारमा समेत आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। धेरै समय अरूका काममा जुट्नुपर्ला। पेसातर्फ सामान्य आम्दानी भए पनि अभाव टार्न सरसापट लिनुपर्ने हुन सक्छ। तर सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूको सहयोग र सद्भावले आँटेको काम भने सम्पादन हुनेछ। सरकारी कामकाजमा विलम्ब हुने तथा जरिवानाको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ। महिनाको उत्तरार्धमा फजुल खर्च बढ्नेछ भने अर्थ अभावले सताउन सक्छ। ऋण–कर्जातर्फ समयमा सजग नबन्दा थप नोक्सानी हुन सक्छ। पाउमा चोटपटकको योग छ, औजारको उपयोग सावधानीसाथ गर्नुहोला। विदेश ताक्नेहरूका लागि केही समय प्रतीक्षा गर्नु राम्रो हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो महिना केही संघर्षमय रहनेछ। व्यावहारिक चुनौती सामना गर्नुपर्ने समय रहेकाले सावधानीसाथ काममा जुट्नुहोला। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख समेत पाइनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। व्यवसायमा मन्दी आए पनि अन्य स्रोतबाट रकम प्राप्त हुनेछ। प्रयत्न गर्दा रोकिएको काम थालनी हुनेछ। बुद्धिको उपयोगले काम लिँदा प्रगति हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। तर, चोटपटकको योग रहेकाले सवारीसाधन र हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो महिनामा अवसर र चुनौती बराबर आउनेछन्। घर–गृहस्थीमा केही समस्या देखिए पनि मिहिनेतले उपलब्धि दिलाउनेछ। कर्मयोगले वादविवाद निम्त्याए पनि दीर्घकालीन योजना प्रारम्भ हुनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। अवसरका लागि बलजफ्ती काम गर्नुपर्ने आवश्यकता पर्ला। सानो असमझदारीले प्रेमको बन्धन समेत कमजोर हुनेछ। तापनि महिनाको उत्तरार्ध फलदायी रहनेछ। मिहिनेत गर्दा सामान्य उपलब्धिलाई गुणात्मक बनाउन पनि सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसरका लागि केही चुनौतीपूर्ण काममा समेत जुट्नुपर्ला। कामको व्यस्तताले स्वास्थ्य कमजोर बन्न सक्छ। सुरुमा समस्यासँग जुध्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ। पहिले अवरोध गर्नेहरूले समेत आफ्नो अभियानमा साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम महिनाको उत्तरार्धमा बन्न थाल्नेछन्। आर्थिक समस्या सुल्झनेछ। भौतिक साधनसमेत जुटाउन सकिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका पाइनेछ। प्रतिस्पर्धीहरू सहयोगी र साझेदारका रूपमा उपस्थित हुनेछन्। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। व्यापारमा राम्रै लाभ उठाउन सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा केही अवरोध देखिए पनि क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। आम्दानी बढ्नाले आर्थिक पक्ष सबल बन्नेछ। महिनाको उत्तरार्धमा पारिवारिक असमझदारी देखापर्न सक्छ। काममा पनि केही व्यवधान आउन सक्छन्, उपलब्धि जोगाउन विशेष सावधानी अपनाउनुहोला।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

एकसाथ अनेक काम प्रारम्भ भए पनि उच्च महŒवाकांक्षाले केही व्यवधान समेत निम्त्याउने देखिन्छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। तर, सद्विचारले प्रेरित हुनेहरूलाई समयले साथ दिनेछ। साथीभाइ र शुभचिन्तकको सहयोगले जटिल कामसमेत बन्नेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदा हुनेछ। कृषि र भूमिबाट राम्रै लाभ उठाउन सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले संघर्षमय परिस्थिति पार गर्दै सफलताको उपलब्धि प्राप्त गर्न सकिनेछ। पछिका लागि विशेष कामको थालनी हुन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना निकै लाभदायक पनि हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुने समय छ। पद–प्रतिष्ठा प्राप्त हुने बलियो सम्भावना छ। उद्योग–धन्दामा सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। तापनि प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। मिहिनेत, लगानी र लगनशीलताले मात्र काम बन्न सक्छ। पढाइलेखाइमा धेरै समय जुट्न नसकिएला। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ। तापनि आत्मविश्वास र दृढसंकल्पले कर्मसाधनामा सफलता प्राप्त हुनेछ। साधकहरूमा चैतन्य शक्ति जागृत हुनेछ। महिनाको उत्तरार्धमा केही अवसर पनि प्राप्त हुनेछन्। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। सामाजिक प्रतिष्ठा पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। शिर वा आँखाको समस्याले सताउन सक्छ। आँटेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। बल भन्दा बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। महिनाको अन्त्यतिर घरेलु विवाद उत्कर्षमा पुग्नेछ। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले तत्कालका समस्या सुल्झाउन सकिनेछ। छाती, फोक्सो तथा मुटुको समस्या हुनेहरूले भने स्वास्थ्यमा अलि सावधान रहनुहोला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। सत्यको पक्षमा उभिँदा आफन्तसमेत टाढिन सक्छन्। भोग–विलासको इच्छाले फजुल खर्च निम्त्याउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम भने सम्पादन हुनेछ। सरकारी कामकाजमा विलम्ब हुने तथा जरिवानाको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ। महिनाको उत्तरार्धमा धेरै समस्या सुल्झनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत पनि जुर्न सक्छ।

बैशाख २०७८

Share Post
साप्ताहिक राशिफल
ज्योतिष शास्त्र

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

२०७९ सालको मासिक राशिफल

May 22, 2022 / 442 / 0
यहाँ बैशाख देखि चैत्र महिना सम्मको मासिक राशिफल प्रस्तुत गरिएको छ। बैशाख महिनाको राशिफल • मेष स्वास्थ्यमा कामजोरि र पारिवारिक झमेला बढ्नेछ,संयमित हुनु पर्ने महिना... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology