• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog अनलाइन सेवा

अनलाइन पूजा

अनलाइन सेवा

अनलाइन पूजा

April 4, 2021 / 1272 / 0

Online पूजा

प्रविधिको विकास सगै संसार नै सानो भएको छ। हामी एक स्थान बाट अर्को स्थानमा जान आउन भेट्न भन्दा इन्टरनेटको पहुँचमा अनलाइन मै भेटघाट कुराकानी सुख दुःख आदान प्रदान गर्ने गरिरहेका छौं। घन्टौं हिँडेर र साधन प्रयोग गरेर जानै पर्छ भन्ने बाध्यात्मक अवस्थाबाट धेरै हद सम्म मुक्त भएका पनि छौं। यो वैकल्पिक प्रविधिको बढी प्रयोग भइरहे जस्तै हामीले र ग्रह-शान्ति पूजा पाठका विषयमा पनि नयाँ प्रयोग गर्दै आइरहेका छौं।

प्रविधिको विकास सगै हाम्रो दैनिकीमा आएको यी र यस्तै सहजता र समयानुकूल उपयुक्त विकल्पको प्रयोगले हामीलाई धार्मिक कार्य सञ्चालन गर्न, प्रतिफल पाउन र धर्म सस्कृतिको जगेर्ना सँगै समयानुकुल प्रयोग गर्नमा पनि बिशेष सहयोग मिलेको आभास भएको छ । व्यस्त दैनिकीबाट लामो समय निकालेर सम्बन्धित ठाउँमा उपस्थित भएर धार्मिक कार्य गर्न सम्भव नभएको खण्डमा केही काम्य कर्महरु भक्ति भाव द्वारा आफू रहेकै स्थानमा गर्नसक्ने विकल्पको प्रयोग हुन थालेका छन्। शत प्रतिशत शास्त्र संवत् विधि विधान पूर्वक आफै उपस्थित भएर पूजा गर्न नसकिए पनि अनलाइन पूजाको माध्यमबाट केही धार्मिक कार्यहरु गरिनु सकारात्मक पक्ष हो र त्यो गर्न सम्भव पनि छ ।समयानुकूल सहज विकल्पको खोजी गरी प्रयोग गरिनु प्रबिधि र सस्कृतिको समयानुकुल संयोजन गर्नु पनि हो ।
हामीले पनि विगत केही समय देखि आफ्नो स्थानमा धार्मिक कार्य गर्न सम्भव नभएका, गर्ने इच्छा हुँदा हुँदै गर्न नसकिएका, कर्मकाण्डी गुरुहरुको उपलब्धता नभएका, पूजा सामग्री उपलब्ध हुन नसकेका व्यक्तिहरुको लागि अनलाइन पूजा गर्न मिल्ने गरी यस कार्यको थालनी गरेका छौं। यस्तो प्रयोगको अपेक्षित सकारात्मक प्रभाव परेको अनुभुति हामी र सेवाग्राही दुवै पक्षलाई भएको छ ।

वास्तवमा तपाईहरु कै सल्लाह र आवश्यकताको आधारमा हामीले यो सेवाको सुरुवात गरेका हौं। यस्तो कार्यले मूलतः निम्न समस्या भएका व्यक्तिहरूको लागि निकै सजिलो हुन्छ भन्नेमा हामी आशावादी र विश्वस्त छौं।

* देश बाहिर रहेर त्यस स्थानमा गुरु र पूजा सामग्रीको अभाव हुने धार्मिक कार्यमा रुचि भएका व्यक्तिहरू।
* घर बाहिर भाडामा बस्नु भएका र आफू बसेको स्थानमा पूजा-आजा गर्न सम्भव नभएका व्यक्तिहरू।
* पारिवारिक सल्लाह नमिलेर घरमा पूजा गर्न अनुकूल वातावरण नपाएका व्यक्तिहरु।
* कार्य व्यस्तताले पूजाको बारेमा सबै तयारी गर्न नभ्याउने व्यक्तिहरू

घरमा पूजा लगाईदै हुनुहुन्छ विज्ञ गुरुको खोजीमा हुनुहुन्छ भने गुरुको उपलब्धता हुनेछ।

हाम्रो टिम संग संपर्क गरेर कुनै धार्मिक स्थलमा धार्मिक कार्य गर्न सल्लाह र जनशक्ति व्यवस्थापन गर्छौं।
हाम्रो कार्यालयमा आएर पूजा गर्न इच्छुक हुनुहुन्छ भने व्यवस्था मिलाउने छौं।
आफू रहेकै स्थानमा पूजा गर्दै हुनुहुन्छ नजिक गुरु भेटिनु हुन्न भने अनलाइनमा गुरुको उपलब्धता हुनेछ ।
हामी हाम्रो स्थानमा तपाईंसंग सम्बन्धित पूजा गराउँछौ, तपाईं अनलाइनमा आएर प्रतक्ष हेरेर लाभ लिन सक्नुहुन्छ।
तपाईंको लामो समय सम्म निरन्तर पूजा पाठ गर्नु पर्ने छ, ग्रहको दैनिक जप पाठ गराउनु पर्ने छ भने हामी ती कार्यसंग सम्बन्धित विज्ञ जनशक्ति व्यवस्थापन र कार्य सम्पन्न गराउन सहयोग गर्नेछौं।
तपाईंको बासस्थानमै पूजा गर्दै हुनुहुन्छ भने बैदिक गुरुहरु उपलब्ध गराई बिधिपुर्वक कार्य सम्पन्न गराउने छौं।

बिभिन्न किसिमका पुजाहरु
हाम्रो कार्यालयमा तपाईंको उपस्थितिमा हुने पूजा
– ग्रह शान्तिको लागि गरिने पूजा
– विभिन्न दोष शान्तिको लागि गरिने
– मनोकामना पूर्तिको लागि गरिने पूजा
– कुनै कामना रहित बार्षिक मासिक वा नित्य रुपमा गरिने पूजा
– कुनै व्रतको प्रारम्भ र समाप्तिमा गरिने पूजा
– जन्मदिनको पूजा
तपाईंको अनलाइन उपस्थितिमा हाम्रो कार्यालयमा पूजा
तपाईंको आफ्नै स्थानमा रहेर अनलाइनमा गुरुको उपस्थितिमा हुने पूजा
कुनै धार्मिक स्थलमा तपाईंको उपस्थिति वा उपस्थित हुन नसकेको अबस्थामा प्रतिनिधि द्वारा गराइने पूजा
ठुला यग्य अनुष्ठानको लागि बिग्य गुरु र ब्यबस्थापनको लागि सहयोग
दैविक तथा पैत्रिक कार्यहरुको लागि आबश्यक सबै सेवाहरु

आकस्मिक आइपर्ने सबै प्रकारका पूजाहरु

यसलाई हामीले व्यवसायिक भन्दा पनि कम खर्चमा प्रभाबकारी र सेवा मुलक हिसाबमा तपाईहरु समक्ष निरन्तर सेवा दिलाई रहेका छौं। यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टीप्रद र अनुकरणिय बनाउन कसरी सकिन्छ भन्ने विषयमा तपाईं प्रयोग कर्ताहरुसंग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढ्ने छौं ।

Share Post
आजको राशिफल

About author

About Author

perfect

Other posts by perfect

Related posts

ज्योतिष शास्त्र
Read more

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 / 616 / 0
चन्द्रग्रहण के हो र कसरी लाग्दछ । चन्द्रमा प्रकाश रहित भएको स्थिति नै चन्द्रग्रहण हो । सामान्य भाषामा भन्नपर्दा पृथिवीको छायाँ चन्द्रमामा पर्नु ग्रहण हो... Continue reading

श्री बगलामुखी अष्टोत्तर शतनाम स्तोत्रम्

July 22, 2022 / 371 / 0
ब्रह्मास्त्ररुपिणी देवी माता श्रीबगलामुखी । चिच्छिक्तिर्ज्ञान-रुपा च ब्रह्मानन्द-प्रदायिनी ।। १ ।। महाविद्या महालक्ष्मी श्रीमत्त्रिपुरसुन्दरी । भुवनेशी जगन्माता पार्वती सर्वमंगला ।। २ ।। ललिता भैरवी शान्ता... Continue reading

नवग्रह स्तोत्र

July 22, 2022 / 465 / 0
सूर्य स्तोत्र प्रात: स्मरामि खलु तत्सवितुर्वरेण्यं रूपं हि मण्डलमृचोऽथ तनुर्यजूंषी। सामानि यस्य किरणा: प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यचिन्त्यरूपम् ।।१।। प्रातर्नमामि तरणिं तनुवाऽमनोभि ब्रह्मेन्द्रपूर्वकसुरैनतमर्चितं च। वृष्टि प्रमोचन विनिग्रह हेतुभूतं... Continue reading

महाकाल शनि मृत्युञ्जय स्तोत्र

July 22, 2022 / 415 / 0
महाकाल शनि मृत्युंजय स्तोत्र विनियोग ॐ अस्य श्री महाकाल शनि मृत्युञ्जय स्तोत्र मन्त्रस्य पिप्लाद ऋषिरनुष्टुप्छन्दो महाकाल शनिर्देवता शं बीजं मायसी शक्तिः काल पुरुषायेति कीलकं मम... Continue reading
ज्योतिष शास्त्र
Read more

हातको औलामा हुने शंखको फल

May 14, 2022 / 518 / 0
कति ओटा शंखले कस्तो फल दिन्छ ? १. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने,... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology