• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल दैनिक राशिफल

आजको राशिफल

आजको राशिफल

April 7, 2021 / 707 / 0

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। सहयोग जुटे पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले व्यवहारमा सजग रहनुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा बोलीको भरमा कार्यसम्पादन हुनेछ। साथीभाइले साथ दिनेछन्। व्यापारमा विशेष लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिने समय छ। मिहिनेतले नाम दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको सफलताले आत्मविश्वास बढ्नेछ। आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। घरमा अतिथिको आगमन हुनसक्छ। वस्त्र आभूषण जस्ता उपहार प्राप्त हुनेछन्। रमाइलो जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले पछिसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

Share Post
अनलाइन पूजा
साप्ताहिक राशिफल

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

दैनिक राशिफल २०७८-०५-२९

September 13, 2021 / 558 / 0
नेपाली ज्योतिष द्वारा प्रस्तुत यो राशिफल २०७८ साल भाद्र २९ गतेको लागि हो । Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology