• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog रत्न /रुद्राक्ष

रत्न परिचय

रत्न परिचय

April 11, 2021 / 670 / 0

रत्न के हो र यो किन धारण गरिन्छ ?

प्रकृतिले प्रदान गरेको एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो।

रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ । खनिज पृथ्वीको विभिन्न स्थानमा रासायनिक द्रव्य विद्यमान रहने र त्यसै रासायनिक द्रव्यमा विभिन्न तापक्रम र आ आफ्नो स्वाभाविक उर्जा रहनाले परिणाम स्वरूप पृथ्वीको विभिन्न स्थानमा रत्नको उत्पत्ति हुन्छ र ती रत्नहरू हिरा, माणिक्य, पन्ना, पुखराज, निलम, गोमेद, लहसुनिया आदि हुन् भने, आर्को जिव द्वारा उत्पन्न जैविक रत्न मोती, मुगाआदि हुन् ।  रत्न एउटा यस्तो वस्तु हो जसको वजन, रंग, पारदर्शीता, कठोरता, गुरुत्वाकर्षण, रासायनिक संरचना, चम्किलोपन, तरङ्ग आदिको प्रभावको माध्यमले ब्यक्तिको शरीरमा ग्रहको उर्जा ब्यबस्थापन गर्न मद्दत गर्दछ ।

ज्योतिष र रत्नको सम्बन्ध अनोन्याश्रित रहेको छ र रत्नमा दैवीय शक्तिका साथै नव ग्रहहरूलाई आफ्नो अनुकुल बनाउन सक्ने क्षमता तत्त्वहरु रहने कुरा हाम्रो प्राचीन शास्त्रहरूमा उल्लेख छ । नँया खोज र अनुसन्धान अनुसार यो विज्ञान सम्मतपनि छ । नव ग्रहहरूलाई शक्तिशाली बनाउन र मानव जीवनलाई सफल एवं सार्थक बनाउन त्यस्ता सबै ग्रहहरूको विभिन्न विधि, उपाय र प्रयोग गरि लोक कल्याणको लागि ऋषिमुनिहरूले रत्न संबन्धि धेरै कुराहरु बताएका छन् ।

रत्नको सहि प्रयोग

यदि तपाईंलाई  रत्न वारे कौतुहलता छ भने रत्न विशेषज्ञ वा विज्ञ ज्योतिषीसंग सम्पर्क राखी आफूले धारण गर्ने रत्नका बारेमा पहिचान गर्न सक्नुहुन्छ । वर्तमान समयमा आधुनिक ल्याब टेस्ट, विज्ञहरूको परामर्श तथा प्राचीन विधि द्वारा ज्योतिषीय सिद्धान्त र मनुष्यको जन्म कुण्डलीको आधारमा आफ्नो अनुकुल फल प्राप्तिको लागि विज्ञहरूको उचित परामर्शका आधारमा सहि रत्नको छनोट गर्न सकिन्छ। यसरी छनोट गरिएको रत्न औषधोपचार, आभूषण, फेशन डिजाईन, गरगहना र तन्त्र विद्याआदिमा प्रयोग गर्न सकिन्छ ।

बजारमा धेरै प्रकारका रत्न तथा उपरत्नहरू पाईन्छन् । मानव जीवनमा आईपर्ने अनेकन प्रकारको समस्याहरूको समाधान गर्ने क्षमता रत्नहरूमा भएकै कारण संसारमा रत्नहरूको माग धेरै छ । रत्नहरूको माग धेरै भएकै कारणले नक्कली रत्नहरूको व्यापार पनि धेरै फष्टाएको छ अतः असली वा नक्कली रत्नहरूको सही पहिचान गर्न नसक्नुका कारण धेरै रकम खर्च गर्दा पनि उपलब्धि प्राप्त नहुने अवस्था रहेको देखिन्छ । अझ भनौं व्यापारीले सस्ता र नक्कली रत्नलाई उच्चस्तरका रत्न हुन् भनी राशि अनुसार ग्राहकलाई बेच्ने गरेको पाईन्छ । यहाँ सबैले बुझ्नु पर्ने कुरा के छ भने रत्न राशि अनुसार धारण गर्दा प्रतिकुल असर पनि पर्न सक्दछ, त्यसैले तपाईंको जन्ममिति, जन्मस्थान, जन्मसमयका आधारमा निर्माण भएको जन्म कुण्डलीको आधारमा लग्न र ग्रहहरूको आधारमा विज्ञ ज्योतिषीको सल्लाहमा मात्र धारण गर्नुपर्छ । बिना अनुसन्धान र केवल राशिका आधारमा लगाएको रत्नले तपाईंलाई दुश्परिणाम पनि प्राप्त भैरहेको हुनसक्छ । केवल राशिका आधारमा मात्र रत्न धारण गर्नु घातक पनि हुन सक्छ ।

अत: विचारणीय कुरा के छ भने राशी अनुसार मात्र विचार गरी ग्रह रत्न लगाई हाल्नु हुन्न, रत्न लगाउँदा कुण्डलीको अध्ययन गरेर, लग्न, मूल त्रिकोण, मारकेश, महादशा, अन्तरदशा आदिलाई विचार गरेर या कुनै कार्य सिद्धिको लागि विज्ञहरूको उचित परामर्शले मात्र रत्न धारण गर्नु पर्दछ, अन्यथा रत्नको प्रायोगले अशुभ फलपनि दिनसक्छ । सूर्यादि नवग्रह र तत् सम्बन्धि रत्न तथा उपरत्नहरूको वारेमा यहाँ केही प्रकाश पार्न खोजिएको छ:

माणिक्य (Ruby)
माणिक्य सूर्यको एक मूल्यवान् रत्न हो । सामान्यतया माणिक्यले सिंह राशि र मेष, सिंह र धनु लग्नका मानिसका लागि सकारात्मक उर्जा प्रदान गर्दछ । कुण्डलीमा सूर्यको स्थिति अनुकुल नभएमा माणिक्य धारण गर्नु फलदायी हुन्छ । सामान्यतया माणिक्यको रंग गुलाबी रातो हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना एल्यूमीनियम आक्साईड, क्रिस्टलाईज कार्वन हो र यसमा लौह क्रोमियम, एल्मुनियम, अक्सीजनआदि तत्त्व मिश्रित हुन्छ, यो धारण गर्नाले सूर्यजन्य पिडा शान्त हुन्छ । माणिक्यको उपरत्न ‍‍‍‍लालडी, सूर्यकान्त,गार्नेट आदि हो । यसलाई आईतवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी अनामिका (साईंली) औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

मोती (Pearl)

मोती चन्द्रमाको एक मूल्यवान् रत्न हो । सामान्यतया कर्कट, वृश्चिक, मकर र मीन लग्न भएका जातक र कर्कट राशिका लागि मोती धेरै राम्रो मानिन्छ । कुण्डलीमा चन्द्रमाको स्थिति अनुकुल नभएमा मोती धारण गर्नु लाभदायी हुन्छ । सामान्यतया मोतीको रंग चमकिलो सेतो हुन्छ र यो एक जैविक रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मोतीमा क्याल्सियम, जैव पदार्थ, पानी, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मोतीको उपरत्न सीप, चन्द्रकान्ता र शंखमुक्ता हो । यसलाई सोमवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कच्छी औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

मूंगा (Coral)

मूंगा मंगल ग्रहलाई प्रतिनिधित्त्व गर्ने मूल्यवान् जैविक रत्न हो । मूंगा सामान्यतया मेष, वृश्चिक, सिंह र कर्कट लग्न भएका जातक र मेष र वृश्चिक राशिका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । कुण्डलीमा मंगलको स्थिति अनुकुल नभएमापनि मूंगा धारण गर्न सकिन्छ । सामान्यतया मूंगा सिन्दुरे रातो वा गेरुवा रंगको हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मूंगा मापनि क्याल्सियम, कार्बन, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मूंगा को उपरत्न तामडा हो । मूंगा लाई मंगलवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी साईली औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

पन्ना (Emerald)
पन्ना बुध ग्रहको प्रतिनिधित्त्व गर्ने मूल्यवान् खनिज रत्न हो । पन्ना सामान्यतया वृष, सिंह, धनु र मेष लग्न र मिथुन र कन्या राशिका मानिसले धारण गर्दा अत्यन्तै लाभदायी हुनेछ । कुण्डलीमा बुध ग्रहको अनुकूल स्थिति नभएमापनि पन्ना धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पन्नामा एल्मुनियम, बेरिलियम सिलिकेट, ग्रेनाइट, पेग्मेटाईट र अन्य तत्त्वहरू हुन्छन् । यो भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, ब्राजिल, इटाली, इन्डोनेशिया, नर्वे आदिमा उच्च स्तरको पन्ना पाईन्छ । पन्नाको रंग सामान्यतया हरियो हुन्छ । पन्नाको उपरत्न जबरजद्द हो । पन्नालाई बुधवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले सुख एवं समृद्धि मिल्नेछ ।

पुखराज (Topaz, Yellow Sapphier)

पुखराज बृहस्पति ग्रहको हुल्यावन् रत्न खनिज रत्न हो । सामान्यतया पुखराज धनु, मीन, मिथुन र कन्या लग्न र धनु तथा मीन राशिका जताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुण्डलीमा बृहस्पति ग्रहको प्रतिकूल स्थिति भएमापनि पन्ना धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसमापनि वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पुखराजमा एल्मुनियम, फ्लोरीन, सिलिका र अन्य तत्त्वहरू हुन्छन् । पुखराज पहेंलो, घ्यूरंग, सेतो सहित धेरै प्रकारको हुन्छ । पुखराजको उपरत्न सुनैला हो । पुखराजलाई विहीवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी चोरी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा निकै सहयोगी सिद्ध हुनेछ ।

हीरा (Diamond)
शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने बहुमुल्यवान् रत्न हीरा हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो । वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जfताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगले पारिवारिक सुख, सन्तान सुख प्राप्ति आदिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध क्रिस्टलाईज कार्वन हुन्छ यो एउटा कोईलाको जाति हो । कुण्डलीमा शुक्रग्रह जनित दुश्प्रभाव भएमा हीरा धारण गरी शुभ फल प्राप्त गर्न सकिन्छ । हीराको रंग सेतो, रातो, पहेंलो, हरियो, निलो, कालोआदि धेरै प्रकारको हुनेकुरा पौराणिक कथाहरूमा पाईन्छ । हीराको उपरत्न जिर्कन हो । हीरालाई शुक्रवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुनेछ ।

नीलम (Blue Sapphire)
नीलम शनि ग्रहको प्रतिनिधित्व कारक र शक्तिशाली खनिज रत्न हो । सामान्यतया मकर, कुम्भ, वृष, तुला लग्न र मकर एवं कुम्भ राशि भएका जfताकका लागि बहुउपयोगी सिद्ध हुन्छ । यसको प्रयोगले आयु, आरोग्य, भाग्यवृद्धि र शीघ्र सफलता दिलाउन सक्ने उर्जा, जातकलाई शिघ्र फल दिई राजालाई रंक र रंक लाई राजा बनाउने क्षमता नीलममा विद्यमान हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना बेरिलियम सिलिकेट, एल्यूमीनियम आक्साईड हो र यसमा धेरै तत्त्वहरु मिश्रित हुन्छ । ग्रह गोचर या कुण्डलीमा शनि ग्रहको प्रतिकूल स्थिति भएमापनि नीलम धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । नीलमको रंग धेरै प्रकारको भएता पनि अधिकतम नीलो रंगकै हुन्छ भने यसको उपरत्न लाजवर्द, ब्लु गार्नेट, कटैलाआदि हो । नीलमलाई शनिवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई मध्यमा (माझी) औंलामा धारण गर्नाले चमत्कारी लाभ मिल्नेछ ।

गोमेद (Zircon,Hessonite)
राहु ग्रहको प्रतिनिधित्त्व गर्ने खनिज रत्न गोमेद हो । यसको रंग गोमूत्रको समान हुन्छ । यसको प्रयोगले ग्रह गोचर, राहुजन्य ग्रहको प्रतिकूल स्थिति भएमा, राहुजन्य दोष, सर्पयोग, महादशा, अन्तरदशाआदि प्रतिकूल भएमा गोमेद धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार गोमेदमा एल्यूमीनियम, अक्सीजन, जरकोनियम सिलिकेट, आदि तत्त्व हुन्छ भने यसको उपरत्न तुरसावा र साफी आदि हो र यो उपरत्न धारण नगरेकै राम्रो मानिन्छ । यसको प्रयोगले शुभ अशुभ फल तत्कालै देखा पर्दछ त्यसैले विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई शुभ साईतमा माझी औंलामा धारण गर्नाले राम्रो फल मिल्नेछ ।

लहसुनिया (Cat’s Eye)

लहसुनिया वा वैदूर्य केतुग्रहको प्रतिनिधित्त्व कारक खनिज रत्न हो । विरालोको आँखा जस्तै चम्किलो देखिने यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको हुन्छ । लहसुनिया धारण गर्नु भन्दा पूर्व विज्ञहरूको सल्लाह एवं सुझाव अनुसार धारण गरेमा चमत्कारी लाभ मिल्नेछ । वैज्ञानिक दृष्टिले लहसुनियालाई दुई भागमा विभाजन गरिएकोछ: क्राइसोबेरिल र स्फटिक वर्ग । क्राइसोबेरिलमा एल्यूमीनियम, बेरीलियम र क्रोमियम विद्यमान हुन्छ भने स्फटिकीयमा सिलिका, अक्सीजन आदि तत्त्व हुन्छ । कुण्डलीमा केतु ग्रहको अनुकूल स्थिति भएमा, केतुको ग्रहगोचर नराम्रो भएमापनि लहसुनिया धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । लहसुनियाको उपरत्न संगी र गोदन्ती हो । लहसुनियालाई शुभदिनमा विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी माझी औंलामा धारण गर्न सकिन्छ ।

Share Post
online पुजा
रुद्राक्ष

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

रुद्राक्ष

April 11, 2021 / 565 / 0
रुद्राक्षको धारणले यो फाइदा मिल्छ मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology