• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

April 11, 2021 / 417 / 0

आइतबार-शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

शारीरिक र मानसिक रुपमा पराक्रम को वृद्धि हुनेछ, मित्रजनको सहयोग मिल्नाले सुरु गरिएका काममा उच्चतम सफलता हात लाग्ने समय देखिन्छ, खेलकुद तथा मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,पारिवारिक समस्याले भने निरन्तर सताई रहन सक्ने अबस्था रहेकोले घर भन्दा बाहिरको काममा बिशेष सफलता मिल्नेछ सप्ताहान्तमा आकस्मिक मान सम्मान मिल्ने सम्भाबना देखिन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

साताको सुरुवातमा छर-छिमेकमा सामान्य मनमुटाब देखिएता पनि धन संचय गर्ने सु-अवसर मिल्नेछ, चल-अचल सम्पत्तिको लाभ हुनेछ, नया मित्रहरुको आगमनले मनमा उर्जा थपिनेछ, उर्जाको सदुपयोग गर्न सक्दा साना मसिना काममा महत्वपूर्ण समय बिताउन पर्ला, सर-सलाहको कमीले गर्दा पारिवारिक सम्बन्धमा कमजोरी आउन सक्ने हुदा संयमितता अपानाउनु पर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

साता उत्साह जनक रहनेछ, रोकिएका कामहरु पुरा हुदै जानेछन, मान्यजनहरुको सहयोग मिल्ने र त्यसले काममा लाग्ने रुची बढाउनाले सफलता सहजै हासिल हुनसक्ने देखिन्छ, आत्मबल दरिलो बन्दै जानेछ, आफन्त तथा प्रिय जनसंगको सम्बन्धले नया उचाई लिनेछ, मांगलिक कार्यहरु सम्पादन हुनेछन, अर्थपूर्ण भेटघाट र छोटो तथा फलदायी यात्राको अवसर मिल्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  

साताको सुरुवातमा झुटा आरोप आइलाग्न सक्नेछ भने खर्च र बिबाद बढ्ने देखिन्छ, दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ, मंगलबार देखि काममा सफलता मिल्नुको साथै मनमा सुविचार र लगनशिलता बढ्नेछ, भोज भतेर तथा भेटघाटमा सरिक हुने अवसर मिल्नेछ, पुर्बार्धको तुलनामा साताको उत्तरार्ध बिशेष फलदायी रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

साता सामान्य फलदायी रहनेछ, सुरुवातमा आर्थिक पाटो दरिलो बन्नेछ, आफन्त संगको सम्बन्धमा सुधार आउनेछ भने सामाजिक र राजनैतिक कार्यमा विशिष्ट किसिमको अबसरको प्राप्ति हुनेछ, मंगलबार बुधबारको समय खर्च बिबाद र झैँ-झमेला बढ्ने किसिमको देखिएकाले सतर्क रहनु पर्ला, साताको अन्त्यमा भने रोकिएका काममा पुनः सफलता हात लाग्नाले मन आनन्दित रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

रोकिएका कामहरु सम्पादन गर्ने समय आएको छ, नोकरीमा रहनु हुनेहरुको लागि अत्यन्त शुभ समय देखिन्छ, सामाजिक नेतृत्व लिन सकिनेछ, बिहिबार र शुक्रबार लामो यात्राको योग देखिनेछ भने खर्च बढ्नेछ साथै  स्वास्थ्यमा कमजोरी देखिनेछन्, यो हप्ता आम्दानि प्रशस्त भएता पनि जोगावट गरेर राख्न नसकिदा सप्ताहान्तमा केहि चिन्ता तथा बेचैनी बढ्न सक्ने देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  

धार्मिक कार्यहरुमा निकै लागाब बढ्नेछ, मान्यजन संगको सामिप्यता बढ्नुका साथै प्रतिष्ठित व्यक्तिहरु सग सहकार्यको सु अवसर मिल्नेछ, रोकिएका धनको प्राप्ति हुनेछ, पढाई लेखाईको क्षेत्रमा मनोबांछित सफलता हात लाग्नेछ, नंया कामको थालनी गर्नको लागि उत्तम समय रहेको छ, बिपरित लिंगीको कारण साताको अन्त्यमा धनको निकै क्षति हुन सक्ने सम्भाबना देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

साताको सुरुमा चोटपटकको भय देखिन्छ,आफन्त संग मनमुटाब हुने,विस्वासिलो व्यक्तिबाट बिस्वास घात हुने जस्ता फल मिल्ला, मंगलबारबाट समय केहि अनुकुल हुनेछ, खास काममा समय प्रयोग हुनाले नाम र दाम दुवै कमाइनेछ, सरकारी सेवामा देखिएका झन्झट केहि समाधानको बाटोमा देखिनेछ,साताको अन्त्य तिर ब्यबसायमा सकारात्मक प्रभाब देखिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

सुरुवाती समय मनोरन्जनात्मक रहनेछ,प्रेम प्रशंगमा मिठासता छाउनेछ, सहाकार्यमा गरेका कामले सफलतादिलाउनेछ, सामाजिक तथा राजनीतिक पाटो सबल रहनेछ, सजिलै अरुको बिस्वास जित्न सकिनेछ, सोमबार र मंगलबार केहि गत्याबरोधको सामना गर्नु परेता पनि साता बिशेष सफल रहनेछ, मनमा सेवाभाबको बिकास हुनेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:

शत्रु पक्ष बलवान रहनाले काममा ब्यबधान पुर्याउन सक्ने अबस्था आउन सक्छ, दाम्पत्य सम्बन्धमा बाह्य कारणले समस्या आउन सक्ने देखिन्छ,सामान्य दुर्घटनाको योगलाई नकार्न सकिन्न, नंया योजनाहरु साताको पुर्बार्धमानै सुरुवात गर्न सके सफलता पाउन सकिन्छ, सुख सुविधामा हराउद आर्थिक नोक्सानी व्यहोर्नु पर्ने हुनसक्छ,बिहिबार र शुक्रबारको समयलाई त्यत्तिराम्रो मान्न सकिन्न।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

पढाइ लेखाइ संगै साहित्यिक गतिबिधिहरुमा बृध्दि आउनेछ, काममा अबरोध ल्याउनेहरु सहयोग गर्न तत्पर देखिनेछन्, प्रियसी संग मिठास पूर्ण समय व्यतित हुनेछ, सन्तानको प्रगतिमा रमाउन पाइनेछ, खानपानमा असावधानी आउनाले अस्वस्थताको सम्भाबना भने देखिन्छ, साताको अन्त्यमा चोटपट र निरर्थक यात्राको भयलाइ नकार्न सकिन्न ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

मीन राशिका व्यक्तिहरुकोलाईयो साता सामाजिक कार्यमा रुची बढ्नेछ, आफन्त तथा बन्धुजन संगको सहाकार्यमा ठुला कामहरुमा सफलता पाउन सकिनेछ, नोकर तथा अनुयायी वर्गबाट यथेष्ट सहयोग मिल्नेछ, पारिवारिक सम्बन्धमा भने कमजोरी आउन सक्ने देखिन्छ, नया सवारी साधन तथा विलासिताको सामग्री जोरजाम गरिनेछ, समय ब्यबस्थापन गर्न सके यो साता निकै सुखको अनुभूति गरिनेछ।

Share Post
२०७८ सालको बार्षिक राशिफल
मासिक राशिफल

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology