• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल

rashi

rashi

May 14, 2021 / 632 / 0

ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । त्यसैले पाश्चात्यको तुलनामा हिन्दु ज्योतिषमा राशि निर्धारण निकै सूक्ष्मरूपमा गरिएको पाइन्छ । यसमा जन्मनक्षत्रको नामअनुसार राशि निर्धारण हुन्छ जसलाई न्वारानको नाम पनि भनिन्छ । अब यहाँ हिन्दु ज्योतिषको आधारमा निर्धारित राशिअनुसार व्यक्तिको शरीरलक्षण, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ अदिबारे वर्णन गर्नुका साथै प्रत्येक राशिवाला व्यक्तिले लालकिताबअनुसार गर्नुपर्ने केही उपायहरूसमेत दिइएको छ । लालकिताबका उपायहरू प्रायः सरल र प्रभावकारीसमेत मानिएकाले तिनलाई यहाँ प्रस्तुत गरिएको हो ।

१) मेष राशि
नामाक्षर (चू चे चो ला ली लू ले लो अ)
यस राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने, ठूला जङ्खाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभीत हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ ।
त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा चोटको निसानयुक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ ।
त्यस्तै पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यासक्त, सुशील, देवभक्त, गुरुभक्त, कामबाट विचलित हुने, प्रायः उदररोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ ।
यस राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला ।
यस राशिको व्यक्तिलाई मङ्कलबार शुभ र बुधबार अशुभ हुन्छ । शुक्लपक्षको
द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तु दान गर्नाले यस राशिको व्यक्तिलाई त्यस महिनाभरि नै सुखदायी हुन्छ ।
यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्गलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।
लालकिताबअनुसार
कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँतबाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु, साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, नीमको वृक्ष आँगनमा लगाउनु, सदाचारको पालन गर्नु, सुत्ने बेलामा सिरानमाथि एक गिलास पानी राख्नु र त्यसलाई विहान कुनै गमलामा हाल्नु, बहिनी, छोरी र फुपूलाई मिठाई दिनु र विधवालाई सहयोग गर्नु ।

Share Post
Online सेवा कसरि लिने ?
मीन राशी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 / 338 / 0
गायत्री मन्त्र सङ्ग्रह ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥ …………………………………………………………. शिव गायत्री ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो... Continue reading

जन्म वार फल

July 22, 2022 / 354 / 0
रविबार जन्मफल शूरोऽल्पकेशो विजयी रणाग्रे श्यामारुणः पित्तचयप्रकोपः । दाता महोत्साहयुतो महोजा दिने दिनेशस्य भवेन्मनुष्यः ॥१॥ आइतबारमा जन्मलिने व्यक्ति बढी तेजस्वी, थोरै कपाल भएको, पित्तप्रकृति भएको,... Continue reading

श्रीरुद्राष्टकम्

July 22, 2022 / 314 / 0
श्रीरुद्राष्टकम् नमामीशमीशान निर्वाणरूपं विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् । निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेऽहम् ॥ १॥ निराकारमोंकारमूलं तुरीयं गिरा ज्ञान गोतीतमीशं गिरीशम् । करालं महाकाल कालं... Continue reading

शिवताण्डवस्तोत्रम्

July 22, 2022 / 312 / 0
श्रीगणेशाय नमः जटाटवीगलज्जलप्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् । डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥ ……………………………………………………….. जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिर्झरी विलोलवीचिवल्लरीविराजमानमूर्धनि । धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥... Continue reading

योगिनी महादशा फल

July 22, 2022 / 406 / 0
योगिनी महादशा फल १ मङ्गला चन्द्रमा = मङ्गला सद्धर्मे द्विजदेवगोपुरजनोत्कर्षप्रदात्री नृणां नानाभोगयशोऽर्थसन्नृपपराश्वेभाङ्गजाप्तिप्रदाः । सन्माङ्गल्यविभूषणाम्बरचयस्त्रीभोगसन्दायिनी ज्ञानानन्दकरी दशा भवति सा ज्ञेया सदा मङ्गला ॥ मङ्गल, माङ्गल्य र... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology