• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog ज्योतिष शास्त्र

राशि परिचय

राशि परिचय

April 11, 2021 / 625 / 0

मेषः

मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ। मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ। त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन्। डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ। यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन।

वृषः

वृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोस्रो राशि हो जसको मालिक शुक्र ग्रह हो। ज्योतिष विज्ञानमा तत्वको अत्यन्त गहिरो महìव छ। वृष राशिमा पृथ्वी तत्व भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन्। शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ। फिलिम, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन्। पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ।

मिथुन :

मिथुन वायु तत्व प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो। बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ। यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन्। शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ। मिथुन, वायु तìव प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न। मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सफ्ट्वेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन्। आफ्ना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ। वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन्। लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महìवपूर्ण हुन्छ। विवाद सुल्झाउन होस् अथवा आफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ।

कर्कटः

अन्तरिक्षको चोथो राशि कर्कट, जल तत्व प्रधान राशि हो जसको स्वामी चन्द्रमा हो। चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनबाटै विचारहरू उत्पन्न हुन्छन्। तसर्थ विचारप्रधान पेसाहरू जस्तै कला, पेन्टिङ, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि कर्कट राशि भएका व्यक्तिहरूले सजिलै आफ्नो वर्चस्व बनाउने दक्षता राख्छन्। जल तत्व प्रधान राशि भएकोले पनि यिनीहरू जलसँग सम्बन्धित कुनै पनि पेसा जस्तै गोताखोर, जलसेना, मराइन इन्जिनियरिङ, पौडीबाज, तेल प्रशोधन आदि क्षेत्रमा दिन, दुगुना, रात चौगुना प्रगति गर्दछन्। व्यापार, वाणिज्य, खेतीपाती, पशुपालन, डेयरी प्रोडक्टस र प्रशासनिक काममा यिनीहरूको कार्यकुशलता प्रशंसा योग्य हुन्छ।

सिंह :

अग्नि तत्व प्रधान राशि सिंहको मालिक सूर्य हो। सूर्य भनेकै ऊर्जा अथवा अग्निको श्रोत हो। सिंह राशि भएका व्यक्तिहरूको प्रमुख गुण भनेको वैचारिक स्थिरता नै हो। यिनीहरू जब आफ्नो लागि कुनै मार्ग लिन्छन् वा केही कुरा गर्ने अठोट गर्छन् तब तिनीहरू त्यो काम पूरा शक्ति लगाएर गर्छन्। प्रशासनिक कार्य, नेतृत्व लिने काम मेडिकल, प्यारामेडिकल फिल्ड, रिसर्च अनि अध्यात्म आदि क्षेत्रमा यिनीहरूलाई स्थापित हुन समय लाग्दैन। सेना, प्रहरी, गुप्तचर, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता क्षेत्रमा पनि सिंह राशि भएका व्यक्तिले खुबै नाम कमाउँछन्।

कन्या :

अन्तरिक्षको छैँटौँ राशि कन्या पनि पृथ्वी तत्व प्रधान राशि हो। बुध ग्रह यसको मालिक हो। बुध ग्रहले बुद्धि, विवेक र तर्कलाई अगाडि राख्छ। त्यसैले कन्या राशि भएका मानिसहरू बुद्धि र तर्कको सहायताले अरूलाई वशमा पार्छन्। यिनीहरू हरेक कार्य बुद्धि लगाएर चतुर्‍याइपूर्वक सम्पन्न गर्दछन्। व्यापार, व्यवसाय, वाणिज्य, लेखन, साहित्य, कला अनि सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ। साथै यिनीहरू कम्युनिकेशन अफिसर, वकील, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको रूपमा निकै नै जम्दछन्। पृथ्वी तत्व प्रधान राशि भएकाले यिनीहरूमा सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ।

तुला :

वायु तत्व प्रधान भएको तुला राशिको स्वामी शुक्र ग्रह हो। शुक्र ग्रह भनेको वैभव, सम्पन्नता, सुख, समृद्धिको दाता हो। तुला राशि वायु तत्व प्रधान भएकाले व्यक्ति धन सम्पत्तिले परिपूर्ण त हुन्छ नै, उसको कीर्ति पनि फैलन्छ। चाहे त्यो सकारात्मक होस् या नकारात्मक। यिनीहरू फिलिम, नृत्य, गीत, सङ्गीत, कला, लेखनजस्ता क्षेत्रमा विशेष दखल राख्दछन्। म्यानेजर, कूटनीति, परराष्ट्र नीति, राजनीति, राजदूत वा यस्तै कार्य जहाँ व्यवस्थालाई सन्तुलित बनाउनुपर्ने हुन्छ, त्यस्तो क्षेत्रमा तुला राशि भएका व्यक्तिहरू अरूभन्दा सफल हुन्छन्। स्पेस इन्जिनियरिङ, खगोल विज्ञान, जिनेटिक इन्जिनियरिङ, कपडा, कागज, प्रिन्ट, प्रेस, मिडियाजस्ता क्षेत्रमा पनि यिनको वर्चस्व रहन्छ।

वृश्चिक :

जल तत्व भएको, स्थिर, स्वभावको वृश्चिक राशि अत्यन्त महत्वपूर्ण राशि हो जसको मालिक मङ्गल ग्रह हो। वृश्चिक रहस्यमय राशि हो र यसले शरीरको अङ्गमध्ये जनेन्द्रियको प्रतिनिधित्व गर्छ। जल पनि ऊर्जाकै श्रोत हो, साथसाथै वृश्चिक जल तत्व प्रधान राशि भएका कारण त्यस्ता क्षेत्रहरू जसमा पानीको उपयोग हुन्छ वा पानीसँग सम्बन्ध राख्छ। अर्थात् माछापालन, हाँसपालन, जनसेना, मराइन इन्जिनियरिङ, पौडी, हाइड्रोपावर आदिमा यिनीहरूले विशेष सफलता पाउँछन्। त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक, गुप्तचरजस्ता क्षेत्रमा यिनको प्रभुत्व रहन्छ। आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान र समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटोछिटो प्रगति गर्दछन्।

धनु :

वृहस्पति स्वामी भएको धनु अग्नि तत्व प्रधान तथा दोहोरो स्वभावको राशि हो। अग्निको सोझो काम हो जल्नु अथवा जलाउनु न कि सोच विचार गर्नु र तसर्थ धनु राशि भएका व्यक्तिहरू कामभन्दा पनि परिणामप्रति सचेत हुन्छन्। यिनीहरू प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भू-उपग्रह, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवाद -दोभाषे, कम्प्युटर सफ्ट्वेयर तथा हार्डवेयरजस्ता क्षेत्रमा प्रगति गर्दछन्।

मकर :

अन्तरिक्षको दसौँ राशि मकरको मालिक शनि ग्रह हो। यो राशि पृथ्वी तत्व प्रधान राशि हो। यो राशि भएका व्यक्तिहरूले कुनै पनि कामको सुरुमा असुविधा, असफलता बेहोरे पनि अन्ततोगत्वा मनले चिताएको फल भेट्टाएरै छोड्छन्। यो सुरुको असफलताको कारण शनि ग्रह पनि एक हो। इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट, लेखा परीक्षणजस्ता क्षेत्रमा यिनीहरू चाँडै सफल हुन्छन्। डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसरजस्ता पदमा यिनीहरू सबैभन्दा चाँडै पुग्छन्।

कुम्भ :

वायु तत्व प्रधान भएको, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो। यसको मालिक पनि शनि नै हो। यसलाई मानवतावादी राशि पनि भनिन्छ। सञ्चार, कम्प्युटर विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषी, प्राविधिक कार्यजस्ता क्षेत्रमा कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यधिक सफलता मिल्छ। यिनीहरू कुनै कार्य सुरु गरेपछि समाप्त गरेर मात्र सन्तोष लिन्छन्। लेखन, साहित्य कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू-उपग्रह, भौतिक विज्ञान, मिडिया र राजनीतिमा यिनीहरूले राम्रो सफलता पाउँछन्।

मीन :

जल तत्व प्रधान भएको, दोहोरो स्वभावको राशि मीन अन्तिम राशि हो जसको मालिक बृहस्पति ग्रह हो। जल भनेको जीवन हो र जीवनको सञ्चालन ग्रहहरूमध्ये सबभन्दा शालिन वृहस्पति ग्रहले गर्ने भएकाले मीन राशि भएका व्यक्तिहरू थोरै मिहिनेतमा पनि अत्यधिक सफल हुने गर्दछन्। यिनीहरू मराइन इन्जिनियरिङ, दूध तथा दुग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन्। लेखन, साहित्य, कविता, दर्शन,चलचित्र,कला, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापन, योग, ध्यान, अध्यात्मकजस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन्।

Share Post
रुद्राक्ष
कुटमिलान (कुण्डली मिलान)को महत...

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

ज्योतिष शास्त्र
Read more

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 / 619 / 0
चन्द्रग्रहण के हो र कसरी लाग्दछ । चन्द्रमा प्रकाश रहित भएको स्थिति नै चन्द्रग्रहण हो । सामान्य भाषामा भन्नपर्दा पृथिवीको छायाँ चन्द्रमामा पर्नु ग्रहण हो... Continue reading

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 / 465 / 0
गायत्री मन्त्र सङ्ग्रह ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥ …………………………………………………………. शिव गायत्री ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो... Continue reading

जन्म वार फल

July 22, 2022 / 422 / 0
रविबार जन्मफल शूरोऽल्पकेशो विजयी रणाग्रे श्यामारुणः पित्तचयप्रकोपः । दाता महोत्साहयुतो महोजा दिने दिनेशस्य भवेन्मनुष्यः ॥१॥ आइतबारमा जन्मलिने व्यक्ति बढी तेजस्वी, थोरै कपाल भएको, पित्तप्रकृति भएको,... Continue reading

श्रीरुद्राष्टकम्

July 22, 2022 / 364 / 0
श्रीरुद्राष्टकम् नमामीशमीशान निर्वाणरूपं विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् । निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेऽहम् ॥ १॥ निराकारमोंकारमूलं तुरीयं गिरा ज्ञान गोतीतमीशं गिरीशम् । करालं महाकाल कालं... Continue reading

शिवताण्डवस्तोत्रम्

July 22, 2022 / 395 / 0
श्रीगणेशाय नमः जटाटवीगलज्जलप्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् । डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥ ……………………………………………………….. जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिर्झरी विलोलवीचिवल्लरीविराजमानमूर्धनि । धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology