• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल बार्षिक राशिफल

राशिफल २०७८

राशिफल २०७८

September 25, 2021 / 581 / 0
मेष: मेष राशिलाई २०७८ साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार पुग्याएर बोल्दामा नै कल्याण होला । दैवी दुर्घटनाको मात्रामा घटबढी भइरहला । नोकरीमा खटपट्ले आत्मसम्मान घटाउला । राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला । भाग्यशक्ति मजबुत रहनाले मनमा सोचेको काम बन्ला । वौद्धिकताको वृद्धिले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरू सफल होलान । आमाबाबु र दाजुभाइ दिदीबहिनीबाट सुखै पाहिएला । इष्टमित्रको सामिप्यता पनि नघट्ला । कृषिजन्यकार्य, पशु-पंक्षिपालन र जग्गा जमिन सम्बन्धीकार्यले आर्थिक सन्तुलन मजबुत बन्ला । वैदेशिक रोजगारले आय स्रोतमा टेवा पुचाउला । सन्तानबाट प्रयाप्त सुख होला । दाजुभाइ दिदीबहिनीबाट शुभेच्छा मिल्ला । पापकार्यबाट निराशा उत्पन्न गराउला । धर्मकार्य प्रति आस्था बढ्दै जानाले धर्मवान्‌ बनाउला ।रोगब्याधको प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको प्रगति प्रदर्शनीय छ । पति पत्नी बीच प्रेमाभावयुक्त सम्बन्ध रहला अनावश्यक खर्च नियन्त्रणमा आउला । (स्वामी: मङ्गल, रत्नः मुगा, शुभरंगः रातो) बृषः बृष राशिलाई २०७८ साल शुभाशुभ ग्रहहरूको अनुकलताले वर्ष सामान्य अवस्थाको रहनाले सुखद्‌ वातावरणमा वित्ला यो वर्ष । तर राहुले आँटेको कार्यमा बिघ्न बाधा निम्त्याउला । भाग्यशक्ति अलि कमजोर प्रकारको होला । वाणीमा खराव तत्वको उत्पत्तिले विचार पुस्याएर बोल्दामा नै कल्याण होला । मनले आँटेको कार्य अवरुद्ध होलान ।दैवीय दुर्घटनाको भयले सताउला । राजनीतिले मानसिक शान्ति प्रदायक बनाउला ।नोकरीमा ख्याति बढ्ला । कर्षिजन्यकार्य, पशु-पंक्षिपालनले र  सन्तुष्टि देला । ब्यापार व्यावसायले समृद्ध बनाउला ।जग्गा-जमिनको कारोवारले आर्थिक मन्दी निराकरणमा मद्दत पुग्ला । वैदेशिक रोजगारले जीवन यापनमा आर्थिक सुधार गर्ला । पापीय मनोवृतिमा ध्यान घटि धर्मकर्म प्रतिको सद्भावमा सुधार आउला । वौद्धिकताको उच्चताले पठन-पाठनादि सफल होला । आमाबाबु र दाजुभाइ-दिदीबहिनीको सद्भाव कायमै रहला । पतिपत्नी बीचको सम्बन्ध सुमधुर बन्ला । सन्तानहरू आज्ञाकारी होलान । मौसमी बाहेक स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको शमनमा सफलता । हासिल गरे पनि आकस्मिक रुपमा देखा पर्ने रोगब्याध शमनमा भने लाचारी नै देखिन्छ ।(स्वामी: शुक्र, रत्नः हीरा, शुभरंगः सेतो) मिथुन: मिथुन राशिलाई २०७८ साल शनिको अढैया दशाले केही जटिलता देखिए पनि अन्य ग्रहको अनुक्‌लताले  सुखद परिस्थिति निम्त्याउला । समग्रमा भन्नु पर्दा मिश्रित फलप्रदायक बन्ला । बाणी खासै प्रभावशाली नबन्ला । वौद्धिकतामा ह्रास आउनाले पढाई लेखाई लगायत परीक्षा प्रतियोगिताहरू बढी सफल बन्न नसक्ला । सवारी दुर्घटना लगायत दैवी विपत्तिले कहिले काँही साह्रै पीडित बनाउला ।रोगब्याधको प्रकोप नियन्त्रणमा आउन मुस्किलताले स्वास्थ्य विज्ञानलाई चुनौति थपिएला । शत्रुहरू प्रतिष्ठा गिराउन खोज्लान । ब्यर्थको ब्ययभार नियन्त्रणमा  ल्याउन गाह्रो पर्ला । भाग्यशक्ति मजबुत रहनाले मनोवाञ्छित कार्यहरू सफल हुदै जालान । व्यापार व्यवसाय, खेतीकिसानी,जग्गाजमिन र पशु-पंक्षिपालनले जीवनस्तरमा मद्दत पुग्ला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्ला । पापीय भावना मनबाट गिर्दै धर्मकर्मप्रतिको आस्थाले नैतिकवान्‌  बनाउला । नोकरीमा हुने कार्यको प्रशंसा सर्वत्र होला। राजनीतिले सौभाग्यशाली बनाउला । पतिपत्नीबीचको स्नेहले दाम्पत्य जीवन खुशहालीमा बित्ला । सन्तानहरू आज्ञाकारी होलान । आमाबाबु, दाजुभाइ-दिदीबहिनीको शुभेच्छा अटल र दिगो रहला । (स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो) कर्कट: कर्कट राशिलाई २०७८ साल आय-व्ययको समानताले सामान्य ढङ्गमा वित्ला । त्यस्तै सबै प्रकारले . सुखद समयको आगमन होला यो वर्ष ।भाग्यशक्तिको बलले मनोवाञ्छित कार्यहरू सफल होलान ।बाणीको प्रभावकारीताले प्रतिष्ठित व्यक्तिको  सामिप्यतामा महत्वपूर्ण कामले पूर्णता पाउला । राजनीतिले सम्मानित व्याक्तत्वको पारिचय बनाउला । नोकरीमा भएका कार्यको प्रशंसा होला । आमाबाबु  र दाजुभाइ दिदीबहिनीबाट सद्भाव कायमै रहला । इष्टमित्रको सामिप्यता पनि बढ्ला । व्यापार व्यावसाय जग्गा जमिन र वैदेशिक रोजगारीबाट पनि मनग्यै फाइदा होला । रोगब्याधको प्रकोप नियन्त्रणमा आउला । पापकार्यलाई नियन्त्रणमा ल्याउन सफल भइएला । धार्मिक गतिविधिले अनेकौं तीर्थ यात्राको अवसरहरूत जुट्लान । पतिपत्नी बीचको समझदारीले दाम्पत्य जीवन सुखमय होला ।सवारी दुर्घटना लगायत दैवीय विपत्तिको संभावना रहला । आँटेको कार्य अवरुद्ध होलान । कृषिजन्यकार्य, पशु-पंक्षिपालनले आर्थिक सन्तुलनमा कठिनाइ उत्पन्न होला । सन्तानबाट सुख पाउन गाह्ठो पर्ला, वौद्धिकताको कमिले गर्दा पढाई लेखाई लगायत परीक्षा, प्रतियोगिताहरू सफल होला जस्तो लाग्दैन । (स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो) सिंह: सिंह राशिलाई २०७८ साल सामान्य अवस्थामा गुर्जेला । वृहस्पतिको अनुकुलताले बौद्धिक स्थिति मजबुत भइ शुभाशुभ सबै किसिमको फलले युक्त रहला वर्ष । वौद्धिकताको बढोत्तरीले पढाई लेखाइ लगायत परीक्षा प्रतियोगिता सफल रहला । सवारी दुर्घटना लगायत दैवी विपतिमा कमि आउला । शत्रुबाट प्रताडित हुनुपर्ला । पशु-पंक्षिपालन र जग्गा जमिनको कारोवारले | आर्थिक तंगी हटाउन न सक्ला । आमाबानु, इष्टमित्रहरू सच्चा आस्थावान्‌ हुन नसक्लान । सन्तानको स्नेहबाट बञ्चित हुनु पर्ला । नोकरीमा खिचातानीको शिकार हुनुपर्ला । राजनीतिले खासै सफल नगर्ला ।भाग्यशक्ति निक्कै उर्वर होला । वाणी प्रभावकारी बन्नाले ठुला-बडाको सामिप्यमा महत्वपूर्णकार्य सम्पन्न होला । पापीय कार्यको लेससम्म पनि हटदै जानाले मनप्रफुल्लित बनाउला । धार्मिक भावना को उत्पतिले अनेकौं तीर्थाटनको अवसरहरू जुटलान । ब्यापार व्यवसायबाट उन्तति होला । कृषिजन्यकार्यले प्रगतिमार्ग विस्तार होला | वैदेशिककार्यमा सफलता हासिल होला । दाजुभाइ दिदीबहिनीको बीचमा स्नेह नघटला । पति पत्नी बीचको सम्बन्ध सुमधुर तवरले बित्ला । सन्तानहरू आज्ञाकारी सावित होलान । स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको प्रकोप नियन्त्रणमा आउला । (स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंगः रातो) कन्या: कन्या राशिलाई २०७८ साल प्रायशः सर्वत्र सफल रहला । गुरुको अनुक्‌लताले पनि शुभप्रद बनाउला । समग्रमा भन्नुपर्दा शुभप्रदायक नबन्ने पनि होइन। वाणीको प्रभावले ठुलै काम बन्ला । जग्गा-जमिन तथा पशु-पंक्षिपालन व्यवसायले आर्थिकस्थिति मजबुत बनाउला । व्यापार व्यावसायले गतिलै फाइदा गर्ला । सवारी दुर्घटना सहित दैवी विपतिमा न्यूनता आउला ।राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । नोकरीमा ख्याति बढ्नाले सबैले प्रशंसा गर्लान । अनावश्यक खर्च नियन्त्रणमा आउला । पतिपत्नीको सम्बन्धमा लालित्य झल्केला । सन्तानहरू आज्ञाकारी साबित होलान । स्वास्थ्य विज्ञानको प्रगतिले रोगव्याधको । प्रकोप नियन्त्रणमा आउला । भाग्यशक्ति अलि कमजोर प्रकारको होला । वौद्धिकताको बढोत्तरीले पढाई लेखाइ लगायत परीक्षा प्रतियोगिता सफल हुन नसक्ला । शत्रुबाट प्रताडित हुनुपर्ला । दाजुभाइ /दिदीबहिनीको शुभेच्छा घट्ला ।रोगब्याधको प्रकोपले शरीर अस्वस्थ्य नबन्ने पनि होइन्‌ । आमाबाबुको स्नेहमा कमि आउला । इष्टमित्रहरु पनि कुरा काट्न थाल्लान । पापीय कार्यमा मनमा चञ्चलाहट बढ्दै जाला । अनेकौं तीर्थाटनको अवसरले धर्मप्रतिको आदराभाव बढ्ला । (स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो) तुला: तुलाः राशिलाई २०७८ साल शनिको अढैया दशाले सामान्य जटिलता देखाए पनि अन्य ग्रहको अनुक्‌लताले शुभशुभादि स्वस्थ्य र आत्मविश्वासी बनाउला । भाग्यशक्ति उर्वर बन्दै जानाले मानसिक शान्ति स्थिर रहला । वौद्धिकताको उच्चताले पठन पाठन लगायत परीक्षा प्रतियोगिताहरू सफल होलान । सत्यबादी प्रवातिको उदयले मन हर्षित बनाउला । कषिजन्यकार्य पशु-पंक्षिपालन र जग्गा-जमिनको व्यवसाय उपलब्धी मूलक रहला । ब्यापार व्यवसायले फाइदा गराउला । अनावश्यक ब्ययभार घट्दै गएको अनुभूति होला ।आमा-बाबु तथा पति-पत्नीमा प्रेमाभाव युक्त सम्बन्धले जटिल परिस्थिति पनि सरल बन्ला । सन्तान सुख प्रयाप्त होला । सामान्य बाहेक जटिल रोगब्याधको प्रकोप पनि नियन्त्रणमा आउनाले सर्वत्र खुशी छाउला । राजनीतिले ब्यक्तित्व बिकासमा मदत पुस्याउला । नोकरीबाट ख्याति बढ्नाले समाजमा रवाफ झल्केला । बाणीमा कटतुतापूर्ण व्यवहार देखिनाले ठुला-बडाको सामिप्यता पाउन मुस्किल होला । दाजुभाइ दिदीबहिनीको सद्भाव घट्दै गएको महसुस होला । पापकार्यमा रुचि बढ्दै जानाले मन दिभ्रमित बनाउला । धार्मिक तृष्णाले थुप्रै तीर्थयात्राको अवसर निम्ते पनि धर्मकर्म प्रतिको सद्भाव खासै नबढ्ला । (स्वामी: शुक्र, रत्न: हीरा, शुभरंगः सेतो) वृश्चिकः बृश्चिक: राशिलाई २०७८ साल धेरै उल्लेख्य नरहेँ पनि मध्यम किसिमबाट गुर्जिएला । केही ग्रहको अनुक्लताले मानसिक शान्तिलाइ स्थिर बनाउला ।बौद्धिकताको उच्चताले पठन पाठन लगायत परीक्षा प्रतियोगिताहरू सफल होलान । भाग्यशक्ति निक्कै उर्वर बन्दै जानाले मानसिक शान्ति अटल रहला । वाणीका प्रभावले ठुलै काम बन्ला । शत्रु परास्त होलान । सवारी दुर्घटना लगायत दैवी विपतिहरू क्रमशः घटला ।कृषिजन्यकार्य पशु-पंक्षिपालन, जग्गा-जमिनको व्यवसाय उपलब्धी मूलक बन्ला । पापीय मनोभावना उब्जेला जस्तो लाग्दैन । धर्म-कर्म प्रतिको आस्थाले मनमा शान्ति छाउला । राजनीतिले ब्यक्तित्व बिकासमा मद्दत पुस्याउला । नोकरीबाट ख्याति बढ्ने कार्यले समाजमा प्रशंसित गराउला । इष्टमित्रबाट आदरभाव पाइएला आमाबाबुको शुभेच्छा तथा दाजुभाइ दिदीबहिनीको सद्भाव नघटला ।ब्यापार व्यवसाय आर्थिक समुन्नति हुन नसक्ला । पति-पत्तीमा सामान्य खट्पटले उग्ररुप नलेला भन्ने  छैन । सन्तानबाट अशान्ति होला । शत्रुबाट प्रताडित हुनु पर्ला । स्वास्थ्य विज्ञानको प्रगतिउन्मुख देखिए पनि रोगव्याधको प्रकोप नियन्त्रणमा ल्याउन कठिनाइ नआउला भन्न सकिने अवस्था छैन । (स्वामी: मङ्गल, रत्न: मुँगा, शुभरंग: रातो) धनु: धनु राशिलाई २०७८ साल शनिको अन्त्य साँढेसाती अशुभ रहेँ पनि अन्य ग्रहहरूको अनुकुलताले सबैतिर सुख-शान्तिदायी अवस्था आउला । जोश-जाँगर घटदै जानाले आलश्यमय बन्ला शरीर । रोगब्याधमा स्वास्थ्य विज्ञानले प्रगति गरे पनि मौसमी रोगब्याधले भने कहिले काही खराव नगर्ला भन्ने छैन । शत्रुहरूको होच्याउने र खसाल्ने प्रयत्नले हतोत्साहित बनाउला । बाणीको प्रभावमा महत्वपूर्ण व्यक्तिको दृष्टि पर्ला । पाप कार्यमा मनोभावनाको जागरणले दीन दुःखी प्रति सद्भाव जाग्ला ।धार्मिक कृत्यको अभिरुचिले अनेकौं तीर्थयात्राको अवसरले सुख शान्ति छाउला । बौद्धिकस्तर उच्च रहनाले परीक्षा लगायत प्रतियोगिताहरू सफल बन्ला । नोकरीको ख्यातिले समाजमा छुट्टै पहिचान स्थापित गराउला ।  राजनीतिमा गरेको त्याग र तपस्याले समाजमा छुट्टै पहिचान स्थापित गराउला । भाग्यशक्ति उर्वर बन्ला । ब्यापार व्यवसायबाट उन्ततिमार्ग विस्तार होला । कृर्षिजन्यकार्यबाट, पशु-पंक्षिपालन र जग्गा जमिनको कारोबारले आर्थिकमन्दी निराकरणमा मद्दत गर्ला । पति-पत्नीमा माधुर्यता बढदै जानाले आपसी उत्सुकता बढ्ला । दाजुभाइ /दिदीबहिनीको सहयोग अटल रहला । आमाबाबुको आशीर्वाद कायमै । सवारी दुर्घटना लगायत दैवी विपति विस्तारै घटदै जाला ।(स्वामी: वहस्पति, रत्न: पुष्पराज, शुभरंग:पहेँलो) मकर: मकर: राशिलाई २०७८ सालभर शनिले भ्रमण गर्ने हुँदा शनिको मध्य साँढेसाती दशाले केही अप्रिय र अशुभादि घटनाको प्रवलता रहला । तर अन्य शुभ ग्रहको अनुकुलताले सुखदायी पनि बनाउला । बाणीको प्रभावकारीताले महत्वपूर्ण व्यक्तिको नजरमा परिएला । स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याधको शमनमा सफलता हासिल होला । सवारी दुर्घटना लगायत दैवीय विपत्ति घट्ला । शत्रु परास्त होलान । ब्यापार व्यवसायबाट आर्थिक समुन्ततिको मार्ग विस्तार गर्ला ।कृषिजन्यकार्यले पनि प्रगति नै गर्ला । पति-पत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखद्‌ होला । भाग्यशक्ति मजबुत रहला । पापीय मनोभाव विलिनतातर्फ उन्मुख होला । धार्मिक क्रियाकलापमा मन केन्द्रित रहनाले मानसिक शान्ति बढाउला । नोकरीमा ख्याति बढनाले प्रशंसा होला । राजनीतिले परिचय वृद्धि गर्ने कार्य गर्ला । सवारी दुर्घटना तथा दैवी विपति घट्दै जाला बौद्धिकस्तर खस्कदै गएर पढाई लेखाइ तथा परीक्षा  प्रतियोगिताहरूको सफलतामा कठिनाइ आउला । आमा बाबुको शुभेच्छा घट्ला । सन्तान अनुशासित न होलान । वैदेशिक रोजगारले उपयुक्त वातावरण देखाउन नसक्ला । पशु-पंक्षिपालन तथा जग्गा-जमिनको कामबाट र पनि खासै सन्तोषजनक अवस्था आउन न सक्ला। (स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो) कुम्भः कुम्भ राशिलाई २०७८ वर्षभर नै शनिको आद्य साँढेसाती दशाले सामान्य मुस्किल होला । तर अन्य ग्रहको अनुकलताले सुखदस्थिति पनि ल्याउला ।आमा-बाबुको आशीर्वाद र इष्टमित्रको सदभाव घट्ला । सन्तान सुखबाट पनि बञ्चित हुनु पर्ला । कृषिजन्यकार्य तथा पशु-पंक्षिपालनले आर्थिक उन्नतिमा बाधा गर्ला । राजनीतिले उचित कदर नगर्दा विद्रोही भावनाको प्रादुर्भाव हुन थाल्ला । नोकरीमा खट्पट पर्ला । बौद्धिकताको कमिले गर्दा परीक्षा लगायत प्रतियोगिताहरूमा सफलता पाउन मुस्किल होला। वाणीको प्रभावले ठुलाबडाको सामिप्यतामा हुर्किन पाइएला । पति-पत्नी बीचस्नेहले दाम्पत्य जीवन सुखद बन्ला । दाजुभाइ /दिदीबहिनीको सहयोग रहला । भाग्य शक्ति बलियो होला । शत्रुहरू परास्त होलान । ब्यापार व्यवसायबाट आर्थिकतामा वृद्धि गर्ला । जोश-जाँगरको वृद्धिले मानसिक तिव्रताका साथै पापीय भावनाको [न्यूनताले शान्ति होला । धार्मिक क्रियाकलापमा मन केन्द्रित रहनाले एकाग्रता बढ्ला । सवारी दुर्घटना लगायत दैवी विपतिमा न्यूनता आउला । स्वास्थ्य विज्ञानको प्रगतिले जटिल रोगब्याधको शमनमा सफलता हासिल गर्ला । जग्गा जमिन सम्बन्धि कार्यबाट अर्थतन्त्रको अवस्था मजबुत बनाउला । (स्वामी: शनि, रत्न: नीलम, शुभरंगः कालो) मीन: मीन राशिलाई २०७८ सालमा पनि घाम छायाँ झैं शुभाशुभ ग्रहको प्रभावले अशुभ अवस्था पनि सुखद्‌ बनाएर लैजाला। वाणीको प्रभावले महत्वपूर्ण कार्यमा सरलता आउला । आमा-बावु र दाजुभाइ दिदीबहिनीको नजरमा परिएला । कृषिजन्यकार्यबाट प्रशस्त फाइदा होला ।ब्यापार व्यवसायले समृद्धशाली बनाउला । पति-पत्नीमा स्नेहभाव बढ्दै जानाले आपसी उत्सुकता बढाउला । बौद्धिकता उच्च रहनाले परीक्षा लगायत प्रतियोगिताहरू सफल बन्दै जालान । राजनैतिक गतिबिधिमा आफ्नो बर्चश्व बढाउन सफल भइएला। नोकरीमा ख्याति बढ्ला , स्वास्थ्य विज्ञानको प्रगतिले रोगब्याध शमनमा सफलताहासिल होलान । पापीय भावना निमूलतातर्फ उन्मुख हुँदै जाला । धार्मिक आस्थाले मन शान्त र स्थिर बनाउला ।दैवी दुर्घटना जस्ता विपति घटला । अनावश्यक खर्च नियन्त्रणमा आइ आफ्नो दक्षताको अभिवृद्धि र भाग्यशक्ति कमजोर होला । दाजुभाइ दिदीबहिनीको वास्तामा कमि, इृष्टमित्रबाट धोका पाइएला । पश्‌-पंक्षिपालनले हानि गर्ला । सन्तानहरू स्वार्थी प्रवृतिका होलान । जग्गा-जमिन सम्बन्धिकार्यबाट अर्थतन्त्रको अवस्था मजबुत बन्न नसक्ला । शत्रुबाट बढी नै प्रताडित हुनु पर्ला । (स्वामी: वहस्पति, रत्न: पुष्पराज, शुभरंग:पहेँलो) स्रोत ;- तोयानाथ पञ्चांग
Share Post
दैनिक राशिफल २०७८-०५-२९
दशैँ २०७८ जानकारी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

बार्षिक राशिफल
Read more

२०७९ सालको बार्षिक राशिफल

July 4, 2022 / 271 / 0
मेष: मेष राशिलाई २०७९ साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार... Continue reading
बार्षिक राशिफल
Read more

२०७८ सालको बार्षिक राशिफल

April 10, 2021 / 21 / 0
मेष: मेष राशिलाई २०७८ साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology